एमालेले जित्यो गौरादह नगरपालिकाको मेयर र उपमेयर
Published:
by .झापा । नेकपा एमालेले झापाको गौरादह नगरपालिकाको दुवै प्रमुख पद जितेको छ । मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा एमालेकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् । एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा गठबन्धनका तर्फबाट काँग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् । पराजित साह निवर्तमान नगरका मेयर हुन् ।राप्रपाका गोपाल प्रसाद पौडयाल १ हजार ५९०, जनमत पार्टीका नारायण राजवंशी ८३ र एकीेकृत समाजवादीका खगेन्द्र प्रसाद दाहाल ४२ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी राजवंशीले ११ हजार ९ सय १४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्प ढकालले १० हजार ४ सय ३८ मत ल्याएका छन् । राप्रपाकी भरिपूर्ण राईले १ हजार ६२५, जनमत पार्टीकी सरस्वती कुमारी ताजपुरिया ७२ र एकीकृत समाजवादीकी लक्ष्मी देवी चौधरी ५२ मत ल्याएका छन् । नौ वटा वडा रहेको गौरादहमा एमालेले ५ वटामा वडा अध्यक्ष जितेका छन् कांग्रेसले दुई वटा वडा जित्दा माओवादी र स्वतन्त्रले एक–एक वटा जितेका छन् । वडा १ मा एमालेका नगेन्द्र भण्डारी,, वडा २ मा काँग्रेसका गोपालप्रसाद कोइराला, वडा ३ मा स्वतन्त्र दिलीपकुमार भण्डारी, वडा ४ मा एमालेका दुर्गामणि बस्नेत, वडा ५ मा एमालेकै जगन्नाथ खनाल , वडा ६ मा काँग्रेसका तोयानाथ प्रसाईँ , वडा ७ मा एमालेकै बलराम खरेल, वडा ८ मा माओवादीका गणेशकुमार राजवंशी र वडा ९ मा एमालेका उपेन्द्र निरौला वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
Comments