Sajhamanch Archive

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

काठमाडौं । नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने काँग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ । वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीन वटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *