Sajhamanch Archive

वडाध्यक्षमा एमाले पहिलो, काँग्रेस दोस्रो

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

झापा । प्रदेश १ मा अन्तिम मत परिणाम घोषणा भएका १ हजार १४० वडाको अध्यक्ष पदमा निर्वाचित हुनेहरुमा एमाले पहिलो देखिएको छ । प्रदेश १ का १३५ पालिकाको प्रमुख र अध्यक्ष पदमा भने एमाले दोस्रो छ ।

हालसम्म उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन । निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ । १३५ पालिकामध्ये ६७ पालिकाको प्रमुख र अध्यक्ष जितेको काँग्रेस भने वडामा एमालेभन्दा १२ वटा वडा कम अर्थात् ४६० वटा वडाध्यक्ष जितेको छ । एमालेले भने पालिकाको प्रमुख र अध्यक्षमा ४७ वटा मात्रै जितेको छ ।

यस्तै १२ वटा पालिकाको प्रमुख र अध्यक्ष जितेको माओवादी केन्द्रले हालसम्म प्रदेश १ मा १२४ वडाध्यक्ष जितेको छ । २ वटा पालिकाको प्रमुख र अध्यक्ष जितेका नेकपा एकीकृत समाजवादी र जसपाले समान २०÷२० वटा वडाध्यक्ष जितेका छन् भने दुईवटा पालिकाको प्रमुख र अध्यक्ष जितेको राप्रपाले १४ वटा वडामा जितेको छ । यस्तै स्वतन्त्र र अन्यले ३० वटा वडाध्यक्ष जितेका छन् ।प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी छ । प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब उदयपुरको कटारीको मतगणना अन्तिम चरणमा पुगेको छ भने त्रियुगामा हिजोदेखि मतगणना सुरु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *