Sajhamanch Archive

सरकार चलाउन नेकपा असफल भयो : आवश्यक परे सबैभन्दा ठूलो गुट मै बनाउँछु

Published: (Updated: ) in राजनीति by .

पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्रको औपचारिक एकताले चार महिना पार गरेको छ । दुवै पार्टीको एकता ऐतिहासिक पृष्ठभूमिमा हुन पुग्यो । एक वर्षअघि चुनावी तालमेल गर्दै एकताको प्रकृया थालेको हामीले अहिले एक भएर सँगै हिँडेको पनि चार महिना भइसकेको छ ।

देशलाई स्थायित्व दिन अब धेरै पार्टी होइन, हामी पनि मिलेर एक बन्छौं भन्दै चुनावमा जाँदै गर्दा हामीलाई नागरिकले पत्याए । र हामी सबैभन्दा ठूलो शक्तिको रुपमा अहिले उपस्थित छौं । हामीलाई नागरिकले मतदानबाट दुई तिहाईको शक्ति प्रदान गरेका छन् ।

हामीले पार्टीलाई सुब्यवस्थित रुपले सञ्चालन गर्नु त छँदैछ । तर नागरिकले यति ठूलो विश्वास गरेर प्रदान गरेको दुई तिहाईको शक्तिको सदुपयोग गर्दै नागरिकले चाहेको, खोजेको र उनीहरुको जनजीविका सहज बनाउनेतर्फ काम गर्नुपर्ने प्रमुख दायित्व छ ।

अहिले नेकपाकै नेतृत्वमा सरकार छ । हाम्रो नेतृत्वमा सरकार गठन भएको पनि ७ महिना पूरा भइसकेको छ ।

तर यो अवधिमा हामीले के गर्यौं ? के गर्न पर्थ्याे ? र किन नागरिकमाझ हामीले विश्वासको आधार खडा गर्न सकेनौं भन्ने प्रश्नहरु उब्जन थालेको छ ।

पार्टी हेरौं भने पार्टी विधि र नीति बाट चलेको छैन । सरकार हेरौं भने जुन गति लिएर अगाडि बढ्ला भन्ने अनुमान थियो, त्यो अनुरुप सरकार अगाडि बढ्न सकिरहेको छैन ।

पार्टीको शीर्ष विन्दुबाटै अन्यायको सुरुवात

अहिलेको अवस्थामा आईपुग्दासम्म अर्थात पार्टी औपचारिक रुपमा घोषणा भएको चार महिना बितिसक्दा समेत मेरो वरीयताको बारेमा कुनै सुनुवाई भएको छैन । वास्तबमा यो नेकपाभित्र भएको सबैभन्दा ठूलो अन्याय हो ।

पहिले चर्चा गरौं पार्टीभित्र भएको अन्यायको बारेमा । पार्टी औपचारिक रुपमा एक भएको घोषणासभामा म उपस्थित हुन पाइनँ । त्यो मेरो लागि ऐतिहासिक क्षण गुमेको हो । म पनि उपस्थित हुनु पथ्र्यो । मेरो पनि उपस्थितिमा पार्टी एकता घोषणा गर्न पाइएको भए भन्ने लाग्छ मलाई । तर त्यो समय बितिसकेको छ । त्यसलाई छाडौँ । तर पार्टी एकता हुँदै गर्दा जुन रुपले सचिवालय बनाइयो, त्यसमा मलाई अन्याय गरियो । मेरो वरीयता नै मिच्ने काम भयो ।

मैले सुरुदेखि नै यो वरीयता सच्चाउन माग गर्दै आएको छु । अहिलेको अवस्थामा आईपुग्दासम्म अर्थात पार्टी औपचारिक रुपमा घोषणा भएको चार महिना बितिसक्दा समेत मेरो वरीयताको बारेमा कुनै सुनुवाई भएको छैन । वास्तबमा यो नेकपाभित्र भएको सबैभन्दा ठूलो अन्याय हो ।

त्यसमाथि पनि सबैभन्दा शीर्ष विन्दुबाट गरिएको अन्याय हो । यस्तो अन्याय गरेपछि म देशका नागरिकलाई न्यायदिन्छु, सबै पार्टीका सदस्यहरुलाई न्याय दिन्छु भन्ने हक ती नेताहरुलाई बाँकी रह्यो कि रहेन त्यो मेरो प्रश्न छ । यसलाई तुरुन्त सच्याउनु पर्छ । कम्युनिष्ट पार्टीभित्र कसैलाई पनि अन्याय हुनु हुँदैन । कम्युनिष्ट पार्टी भनेको विधि र नीतिबाट चल्ने पार्टी हो ।

कुनै पनि व्यक्तिलाई बढुवा वा घटुवा गर्नुपर्यो भने त्यो निश्चित मापदण्डको आधारबाट गरिनुपर्छ । त्यो मापदण्डबिना कुनै पनि व्यक्तिलाई क्रेन लगाएर माथिबाट तल लाने तलबाट माथि लाने खालका कुनै पनि प्रकृयाहरु बुर्जुवाहरुको प्रवृत्ति हो । या सामन्तवादमा गरिने चलन हो । कम्युनिष्ट पार्टीमा त्यस्तो हुँदैन । यो निकृष्ट छ । गलत छ । मैले मेरो कुरा पार्टी कमिटीमा राखेको छु । पार्टीले के निष्कर्ष निकाल्छ त्यो हेर्न बाँकी छ ।

विधि र नीति नाघ्यो

अझै पनि पार्टी भित्र विधि र नीति स्थापित हुन सकिरहेको छैन । विधि र नीतिहिन ढंगले पार्टी चल्न खोजेको उदाहरण हो यो । हामीले अहिलेसम्म पार्टीलाई एकिकृत गर्न सकेका छैनौँ । ४/४ महिनासम्म पार्टीलाई एकीकृत नगरि यस्तो लथालिंग छोड्ने काम जुन भएको छ वास्तवमा नेतृत्वबाट गम्भिर कमजोरी भएको छ ।

नीति र विधि पालना गर्ने र कार्यान्वयन गर्ने कुरो भनेको शीर बिन्दुबाट हुनुपर्ने हो । टुप्पीबाट हो । टुप्पी भनेको अध्यक्ष । यो पनि दुईटा अध्यक्षले गर्नुपर्ने हो । उनीहरुले यो कुरालाई पहलकदमी लिनु पर्ने हो । सुरु गर्नुपर्ने हो ।

नीति र विधि बनाएर सचिवालयमा ल्याउने, स्थायी कमिटीमा ल्याउने । स्थायी कमिटीमा राख्ने । अनि सिंगो केन्द्रीय कमिटी त्यसबाट प्रतिबद्ध भएर अगाडि बढ्ने । जब केन्द्रीय कमिटी नीति र विधिबाट चल्न थाल्छ, तब सिंगो पार्टी नीति र विधिबाट अघि बढ्छ । हामीले नीति र विधि छोड्नु हुँदै हुँदैन । नीति र विधि भनेका त पार्टीका कडी हुन् ।

अब नि नेतृत्व लाखापाखा लाग्न थाल्छ भने अब कार्यकर्ताले छाड्ने वाला छैनन् । गलत काम गर्ने नेताहरुलाई अब कार्यकर्ताहरुले आवश्यक पर्यो भने सजाय दिन सक्छन् । यहाँ लाखौंलाख कार्यकर्ताको जिन्दगीको प्रश्न छ । हजारौं र लाखौं नागरिकको त्याग र बलिदान गर्ने जिन्दगीको प्रश्न छ । भविष्यको प्रश्न छ । यो पार्टीलाई खेलवाड गर्न कसैले दिँदैन । नीति र विधिका आधारमा पार्टी चलाउनु पर्छ भनेर नेताहरुले जतिसक्दो छिटो बुझन् आवश्यक छ । नीति र विधि स्थापित हुनुपर्छ भनेर मैले आफ्नो राजनीतिक जीवनदेखि नै संघर्ष गर्दै आइरहेको छु । यसमा सकृय रहँदै आइरहेको छु ।

म अझै १० वर्ष सकृय हुन्छु

म अझै १० वर्षसम्म सकृय भएर लागिरहन्छु । त्यसकारण म निष्कृय भयो कि भनेर कसैले कल्पना नगरे हुन्छ । निष्कृय बस्छ कि भनेर कसैले कल्पना गर्छ भने त्यो बेकारको कल्पना हो । म अझै १० वर्ष सकृय भएर नेपालको राजनीतिमा लाग्छु ।

झलनाथ खनाल कहिल्यै पनि निष्कृय छैन । निरन्तर पार्टी निर्माणको काममा नै लागिरहेको छ र लागि रहने छ ।

अहिले पनि म पार्टीको वरिष्ठ नेता नै हुँ । केही तलमाथि पारेको भए पनि सचिवालय सदस्य हुँ । स्थायी समितिको सदस्य हुँ । केन्द्रीय कमिटीको सदस्य हुँ । नेकपालाई अगाडि बढाउने सवालमा वैचारिक रुपले, राजनीतिक रुपले, सैद्धान्तिक रुपले, सांगठनिक रुपले हरहिसाबले म निरन्तर लागिरहेको छु र लागिरहन्छु ।

म अझै १० वर्षसम्म सकृय भएर लागिरहन्छु । त्यसकारण म निष्कृय भयो कि भनेर कसैले कल्पना नगरे हुन्छ । निष्कृय बस्छ कि भनेर कसैले कल्पना गर्छ भने त्यो बेकारको कल्पना हो । म अझै १० वर्ष सकृय भएर नेपालको राजनीतिमा लाग्छु ।

काम गर्न नसक्नेले नेतृत्व छाड्नु पर्छ

पार्टी कमिटीका बैठक खासगरि स्थायी कमिटीको बैठक बस्न नसक्दा पार्टीका नेताहरुमा आक्रोश देखिन थालेको छ । अहिले नेताहरुबीच देखिएको असन्तुष्टिहरु पनि यसैको परिणाम हो ।

पार्टीलाई वास्तवमा एउटा नीति र विधिका आधारमा कसरी चलाउने किन चिन्ता नभएको कतिपय नेताहरुमा मलाई आश्चर्य लाग्छ । त्यसकारण नीति र विधि स्थापित गरौं । पार्टीलाई ठिक ढंगले चलाऔं । यो एकीकृत पार्टी एउटा साँच्चै नै सवल शक्तिशाली र सबैभन्दा ज्यूँदो पार्टीको रुपमा स्थापित हुन्छ ।
केही केही नेतामा विवाद हुनु सामान्य कुरो हो । जब कमिटीको बैठक बस्छ, तब यी सारा विवाद टुंगो लाग्छ । र एउटा मार्ग निर्धारण हुन्छ ।

कम्युनिष्ट पार्टी भनेको त कमिटी प्रणालीले चल्ने हो । कम्तीमा पनि महिनामा एक पटक स्थायी कमिटी बैठक बस्ने चलन हुन सक्यो भने देखिएका सबै समस्याहरु समाधान हुँदै जान्छन् । नीति, सिद्धान्त, प्रकृया र विधिका आधारमा मात्रै कम्युनिष्ट आन्दोलन अघि बढ्छ । यसलाई ध्यानमा राखेर हिँडेनौं  भने हामी अघि बढ्न सक्दैनौं ।

यदि कुनै नेतृत्व यो अनुरुप सिर्जनात्मक रुपले अघि बढ्न सक्दैन भने उसले नेतृत्व छाड्नु पर्छ । यो नै उसका लागि भलाई हुने छ ।

सबैभन्दा ठूलो गुट मै बनाउँछु

पार्टी कमिर्टीको नियमित बैठक बस्न नसक्दा अहिले विभिन्न नेताहरुले आआफ्ना कसरत गरिरहनु भएको छ । आआफ्ना विचारहरु बनाइरहनु भएको छ ।

तर म त नेकपाको एउटा बरिष्ठ नेता हुँ । म निरन्तर पार्टीलाई एउटा कार्यदिशा दिन लागिरहेको छु । म कहिल्यै गुट–उपगुटमा लागिन र लाग्ने पनि छैन । पार्टीलाई नीति र विधिमा लगिए यस्ता देखिन थालेका गुट उपगुट सबै सकिन्छन् ।

सबैले गुट बनाउने खालको मात्रै कुरा गर्ने र पार्टीमा गुटैगुट भयो भने त्यो बेला मैले पनि सोच्नु पर्ने स्थिति आउन सक्छ । गुट बनाउनुपर्यो भने त म सबैभन्दा ठूलो गुट बनाउँछु ।

जतिबेला हामी गुटबन्दीलाई बढावा गर्छौं, त्यतिबेला पार्टी खोक्रो बन्छ । कुनै पनि नेताले गुटबन्दी गर्ने खालको कुरा गर्छ भने त्यो दुर्भाग्य हुन्छ । सबैले गुट बनाउने खालको मात्रै कुरा गर्ने र पार्टीमा गुटैगुट भयो भने त्यो बेला मैले पनि सोच्नु पर्ने स्थिति आउन सक्छ । गुट बनाउनुपर्यो भने त म सबैभन्दा ठूलो गुट बनाउँछु । तर म गुट बनाउने पक्षमा छैन । म त नेकपा बनाउने पक्षमा छु । एकीकृत नेकपा, राष्ट्रव्यापी नेकपा, जनव्यापी नेकपा, शक्तिशाली नेकपा र एउटा ज्यूँदो नेकपा निर्माण गर्ने मेरो प्रतिबद्धता जहिल्यै पनि रहन्छ ।

सरकारले कामै गर्न सकेन

नेकपाले नेतृत्व गरिरहेको सरकारले पनि सात महिना पार गरिसक्यो । यो अवधिमा सरकारले जुन गति लिएर काम गर्ला, अगाडि बढ्ला भन्ने अनुमान थियो त्यो अनुरुप अगाडि बढ्न सकेको छैन ।

के कारणले सरकार अगाडि बढ्न सकिरहेको छैन ? के कारणले देशमा आत्मविश्वास बढाउन सकिरहेको छैन ? के कारणले विकास र निर्माणमा एउटा लहर ल्याउन सकिएको छैन ? के कारणले शान्ति सुरक्षा दह्रो हुन सकिरहेको छैन ? किन अपराधीहरु जताततै उम्किरहेका छन् ? यी प्रश्नको जवाफ पार्टी कमिटीभित्रै छलफल गरेर हामी समिक्षा गर्न चाहन्छौँ ।

आजभन्दा झण्डै २०÷२२ वर्षअघि मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतको थियो । वरिपरि विभिन्न ढंगका शक्तिबाट घेरिएको थियो । अहिलेको जस्तो दुई तिहाइको पनि थिएन । त्यो सरकारले जम्मा–जम्मी ९ महिना सरकार सञ्चालन गर्यो । सरकार सञ्चालन गरेको ३ महिना पुग्दा नपुग्दै सरकारको पक्षमा राष्ट्रव्यापी रुपमा लहर पैदा भएको थियो त्योबेला ।

के कारणले पैदा भएको थियो भन्दा त्यो सरकराले अगाडि सारेको नीतिहरुको कारणले, कार्यक्रमहरुको कारणले, प्रतिबद्धताको कारणले, दृष्टिकोणहरुको कारणले ।

तर अहिले बनेको जुन सरकार छ यो झण्डै मनमोहनको सरकार जतिको आयु पार गर्न थालिसकेको छ । तर अझै त्यो खालको लहर आउन सकेन । यो साँच्चै नै ठूलो प्रश्न हो । हामी यो बारेमा पार्टीमै छलफल गर्न चाहन्छौँ ।

हामीले लोकतन्त्र, राष्ट्रियतालाई सुव्यवस्थित गर्नका लागि, सामाजिक, आर्थिक रुपान्तरण गर्नका लागि धेरै काम गर्न बाँकी छ ।

सरकार सञ्चालन गर्न नेकपा असफल

दुर्भाग्यको कुरा के हो भने, अहिले नेकपाले सरकार सञ्चालन गर्न सकिरहेको छैन ।

केन्द्रमा, प्रान्तमा तथा सयौं स्थानीय सरकार सञ्चालन गर्न नेकपा झण्डै झण्डै असफल जस्तै बनेको छ । केन्द्र सरकार आफ्नै ढंगले चलेको छ । प्रदेश र स्थानीय सरकार पनि आ–आफ्नै ढंगले चलेका छन् ।
सरकारमा नेकपाका कार्यकर्ताहरु चाहिँ छन्, तर त्यहाँ पार्टी कमिटीले निर्णय गरेर यसरी काम गर्नुहोस् भन्ने निर्देशन दिन सकेको छैन ।

केन्द्र सरकारमा पनि मन्त्री बनाउने सवालमा होस् वा विभिन्न संवैधानिक पदमा नियुक्ति गर्ने कुरामा होस् कुनै पनि काम पार्टी कमिटीको निर्णयबाट भएको छैन । आफ्नै ढंगले, मनोमानी ढंगले चलिरहेको छ ।
त्यसैले अब नेकपाको नेतृत्वलाई राम्ररी पुनस्र्थापित गर्नुपर्ने बेला आएको छ । यसरी हिँड्ने हो भने त हामी समाजवादको दिशातर्फ अगाडि बढ्न साह्रै गाह्रो छ ।

देश अहिले स्थिरताको धरातलमा छ । त्यसमाथि हामीलाई दुई तिहाइ मत प्राप्त छ ।  साधन स्रोत हाम्रै सामु छन् । त्यसलाई परिचालन पो गर्नु पर्यो त । सही नीति, सही कार्यक्रम, सही सिद्धान्त, सही योजना लिएर अगाडि बढ्नु पर्‍याे ।

अब नयाँ धरातलबाट अघि बढ्नुपर्ने आवश्यकता छ । पार्टी नेतृत्वलाई सबल बनाउने,  सुदृढ बनाउने, व्यवस्थित बनाउने काम अबको हो । त्यसो गर्न सकिए मात्रै हामी क्रमशः समाजवादतर्फ अग्रसर हुन सक्छौं । समृद्धिका कुराहरु गर्न सक्छाैं । र नागरिकले पनि समृद्धिका गीत गाउन सक्छन् । अहिले त समृद्धिका गीत गाउन थालेका नागरिकका घाँटीमै त्यस्ता स्वरहरु अड्किन थालेको छ ।

नेपाली नागरिकले पाँच वर्षसम्म कम्तिमा पनि निर्विघ्न रुपमा नेतृत्व गर्ने एउटा अधिकार नेकपालाई दिएको हो । नेकपाले पनि नागरिकले दिएको जनमतलाई ध्यानमा राखेर अगाडि बढ्नु पर्छ । त्यसका लागि यो सात महिनाको अवधिको तीतोभन्दा तीतो समीक्षा गर्दै अगाडि बढ्नु आवश्यक छ ।

देश अहिले स्थिरताको धरातलमा छ । त्यसमाथि हामीलाई दुई तिहाइ मत प्राप्त छ ।  साधन स्रोत हाम्रै सामु छन् । त्यसलाई परिचालन पो गर्नु पर्यो त । सही नीति, सही कार्यक्रम, सही सिद्धान्त, सही योजना लिएर अगाडि बढ्नु पर्‍याे ।

भ्रष्टहरुलाई कारबाही गर्नु पर्यो । भ्रष्टहरुलाई झन झन ठूलाठूला पदमा ल्याउने कुरा होइन । उनीहरुलाई पुनस्र्थापित गर्ने कुरो होइन । त्यस्तालाई कारबाही गर्ने र असल तत्वहरुलाई, निष्पक्ष मान्छेहरुलाई, काम गर्न सक्ने योग्यता र क्षमता भएका मान्छेलाई अगाडि ल्याउने काम गरियो भने देश अगाडि बढ्छ ।

त्यसका लागि सबैभन्दा पहिले पार्टीको स्थायी कमिटीको बैठक बस्नु अनिवार्य आवश्यकता छ । यदि कुनै नेतृत्व यो अनुरुप सिर्जनात्मक रुपले अघि बढ्न सक्दैन भने उसले नेतृत्व छाड्नु पर्छ । यो नै उसका लागि भलाई हुने छ ।

उज्यालोखबरमा छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *