Sajhamanch Archive

राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेका हुन् ।

गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *