च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै
Published:
by .काठमाण्डाै । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् ।
फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो ।
रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उपाधि जित्न चुकेको थियो ।
प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । तर लिभरपुलका जर्गेन क्लोपले वर्षकै उत्कृष्ट प्रशिक्षकको उपाधि प्राप्त गरेका थिए । क्लोपले लिभरपुललाई यस सिजन एफए कप र काराबाओ कपको उपाधि दिलाएका छन् ।
क्लोपलाई एकै सिजनमा तीन उपाधिको सफलता पाउने अवसर रहेको छ । रियलका प्रशिक्षक कार्लो एन्सेलोटी पाँचौँ पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन् ।
Comments