Sajhamanch Archive

भद्रपुरका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान

Published: in विविधा by .

भद्रपुर । भद्रपुर नगरपालिकामा स्थानीय तह निर्वाचनमा निर्वाचित प्रमुख तथा वडाध्यक्ष लगायत जनप्रतिनिधिलाई सम्मानित गरिएको छ ।

मानव अधिकारका लागि महिला एकल महिला झापाको नेतृत्वमा ६ वटा संस्थाद्वारा भद्रपुरका नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्षहरू भद्रपुर ३ का होमबहादुर कार्की, भद्रपुर ६ का रतिया राजवंशी र ७ का वडाध्यक्ष अभिषेक ढुंगाना लगायतलाई सम्मान सहित कार्यकाल सफलताका लागि बधाई शुभकामना प्रदान गरिएको हो ।

एकल महिलाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राधा कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सानाहातहरू नेपाल भद्रपुर शाखा, एबिसी नेपाल, काली मन्दिर समिति, मातृ भजन समूहको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *