Sajhamanch Archive

शिवसताक्षीका जनप्रतिनिधिलाई स्वागत, तथा नेकपा एमालेलाई जिताउन भूमिका खेल्ने विभिन्न विधाका ४० बढीलाई सम्मान

Published: (Updated: ) in मुख्य समाचार, विविधा by .

शिवसताक्षी । झापा शिवसताक्षीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गएिको छ । नेकपा एमाले शिवसताक्षी नगरपालिका वडा नं.११ को वडा कमिटीको आयोजनामा नव निर्वाचत जन प्रतिनिधिहरुलाई स्वागत तथा चुनाव ताका पार्टीमा अहोरात्र खट्ने कार्यकर्तालाई सम्मान गरिएको हो ।

शिवसताक्षी नगरपालिकाका नवनिर्वाचत नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की लगायत वडा नं. ११ का अध्यक्ष तथा सदस्यहरुालाई खादा तथा अविर लगाईदिएर स्वागत गरिएको थियो ।

वडा कमिटीले नेकपा एमालेका नगरपालिकाका नगरप्रमुख र उप्रमुख तथा वडा नं. ११ वडाध्यक्ष सहितको टिमलाई जिताउन अहोरात्र काम गरेको भन्दै टोल कमिटीका अध्यक्ष, युवा संघ, अनेम संघ तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाले ४० बढी संख्याका महानुभावहरुलाई सम्मान गरेको वडा कमिटी अध्यक्ष डिके लामाले जनाकारी दिए । त्यस्तै निर्वाचनमा अहोरात्र काम गरेर भन्दै वडा नं. ११ का दुई पत्रकारलाई पनि वडा कमिटीले सम्मान गरेको थियो ।

कार्यक्रम बोल्दै नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन)ले वडा नं. ११ मतदाताहरुलाई धन्यवाद दिएका थिए । मतदताहरुले भोट दिएर आफुलाई निर्वाचित गराई सकेकाले अव मतदाताका जन भावना अनुसार नै काम गर्ने उनले बताए । उनले भने, हामी तपाईंहरुको माझबाट नै जनताका आवश्यताहरु पहिचान गरी काम गर्न चाहान्छौ ।

कार्यक्रममा नगरउप्रमुख नरमाया कार्की, निवर्तमान नगर उप्रमुख भोजकुमारी नेपाल, प्रदेश कमिटी सदस्य राधाकृष्ण खनाल, धनबहादुर थेवे, पूर्व सांसद तारासम योङ्गया, वडा नं ६ की महिला सदस्य गोमा रिजाल, नेपाल शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनु कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन वडा इन्चार्ज डामकुमार कुँवरले गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *