Sajhamanch Archive

विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि

Published: in विश्व समाचार, स्वास्थ्य by .

झापा । विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकिपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभर अहिलेसम्म दुई सयभन्दा धेरैमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

“हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्ल्यूएचओका अधिकारीले भने। मंकिपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकको अनुरोध छ। डब्ल्यूएचओका उच्च अधिकारीले सङ्क्रमण देखिएका मुलुकमा थप फैलिन नदिने र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *