Sajhamanch Archive

ताराको जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैनः वायुसेवा सञ्चालक संघ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by .

पोखरा । पोखराबाट जोमसोमका लागि उडेर हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ ।

संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको जानकारी दिए ।

उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको बायाँपट्टि खोचमा भेटिएको छ तर जान सकिएको छैन ।’

दुर्घटना क्षेत्र थासाङ गाउँपालिकाको लार्जुङमा पर्छ ।

जहाज दुर्घटनाग्रस्त स्थानमा पुग्न हेलिकप्टर सो क्षेत्रमा परिचालन भइसकेको तर अवतरण गर्न नसकिएको कँडेलले बताए ।

तर, सरकारी निकायहरूले भने अहिलेसम्म जहाज दुर्घटना भएको पुष्टि गरेका छैनन् ।

तारा एयरको आज बिहान ९ः५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । यो जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् ।

लोकान्तरबाट साभार

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *