पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध शिवसताक्षीमा राँके जुलुस
Published:
by .शिवसतक्षी । सरकारले चर्को मूल्य बृद्धि गरेको भन्दै झापाको शिवसताक्षीमा राँके जुलुस निकालिएको छ ।
शिवसताक्षीको दूधेमा राप्रपा नगर समितिले पेट्रोलिम पदार्थको मूल्य बृद्धि विरुद्ध राँके जुलुस निकालेको हो । दुधेमा रहेको राप्रपाका पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस दुधे बजारसम्म आइपुग्दा प्रहरीले हस्तक्षेप गरी राँका निभाएको थियो । जुलुस भने झिलझिले गएर कोण सभामा परिणत भएको थियो ।
उनीहरुले पेट्रोलियम पदार्थ मुल्य बृद्धि तत्काल फिर्ता गर्नु पर्ने माग राखेको रापपा शिवसताक्षी नगर अध्यक्ष मणी खड्काले बताए । जुलुसमा गणतन्त्र विरुद्ध पनि नारा लगाइएको थियो ।
Comments