Sajhamanch Archive

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ  ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *