Sajhamanch Archive

सामुदायिक सेवा केन्द्रको चन्द्रगढीमा खवरदारी सचेतना

Published: in विविधा, समाज by .

भद्रपुर । सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीले चन्द्रगढी क्षेत्रमा बिग्रदो सडको अवस्था र बजार क्षेत्रमा जताभावी फालिने फोहोर व्यवस्थित गर्न खवरदारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा भद्रपुर वडा नम्वर १० का वडाध्यक्ष टेकबहादुर खड्का ( काजी) को प्रमुख आतिथ्यमा चन्द्रगढीमा सचेतना खवरदारी कार्यक्रम सम्पन्न गरेको हो ।

केन्द्रका सचिव धनप्रसाद शिवाकोटीले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर विर्तामोड सडक खण्डको लेखनाथचौक आसपासमा सडकको बिग्रेको अवस्थालाई व्यव्स्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने घोषाणा गरिएको थियो भने चन्द्रगढी बजार क्षेत्रमा जथाभावी रुपमा फ्याकिएका फोहोरलाई सहज व्यवस्थापन गर्न फोहोरलाई डस्विनमा जम्मा गरेर नगरपालिकाका सरसफाइको गाडीमा पठाउन सवै बासिन्दासित अनुरोध गर्दै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *