Sajhamanch Archive

तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by .

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्ता (एसएपी) विष्णुकुमार केसीले बताए । उनले भने ‘पोष्टमार्टम सकेर एकैपटक शव हस्तान्तरण गर्छौं ।’

त्रिवि शिक्षण अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका एक चिकित्सकले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *