Sajhamanch Archive

प्रेस चौतारी झापाद्वारा तीन सदस्य निस्काशन, पाँच जनालाई सम्मान

Published: in विविधा, समाज by .

बिर्तामोड । प्रेस चौतारी झापाले साधारण सदस्य समेत नरहने गरी तीन जना सदस्यलाई कारवाही गरेको छ ।

बुधबार विर्तामोडमा सम्पन्न बैठकले संगठनको हित विपरित कार्य गरेको भन्दै कारवाही गरेको हो ।

कारवाही पर्नेहरुमा मेचीनगरका मुक्ति पौडेल, शिवसताक्षीका विनोद सापकोटा र दमकका छविराज ढकाल रहेका छन् । उनीहरुलाई बैठकले चौतारीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।


यस्तै, चौतारीले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । चौतारीका सदस्यहरु कमल–३ को वडाध्यक्षमा अग्नि कोइराला, बुद्धशान्ति – १ को वडाध्यक्षमा अनिल वाग्ले र अर्जुनधारा–८ को वडाध्यक्षमा कुमार उप्रेती निर्वाचित भएका छन् । वडाध्यक्षसहित सदस्यमा निर्वाचित बिर्तामोड–४ का उमेश राउत र बुद्धशान्ति–३ कि नर्वदा बाँस्कोटालाई सम्मान गरिएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इञ्चार्ज देवराज घिमिरेले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए । सम्मान गर्दै पत्रकारिता क्षेत्रबाट नागरिकको सेवाका लागि निर्वाचित जनप्रतिनिधिले अब्बल भई काम गरेर देखाउनुपर्ने नेताहरुको सूझाव थियो ।

सम्मान कार्यक्रममा प्रेस चौतारीका प्रदेश इञ्चार्ज गणेश पोखरेल, प्रेस चौतारी झापाका इञ्चार्ज मोहनकाजी र प्रचार विभाग प्रमुख गोपाल काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *