एनएमसी चुलाचुलीद्वारा सदस्य मृतक परिवारलाई ५० हजार राहत प्रदान
Published:
by .चुलाचुली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको मृत्युमा चुलाचुली गाउँपालिकाका एक सदस्यलाई नगद रु. ५० हजार राहत प्रदान गरेको छ ।
एनएमसी सहकारीकोे चुलाचुली सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्य घनश्याम अधिकारीको संस्थामा रु ११ हजार भन्दा बढिको शेयर लगानी रहेकाले संस्थाको सामुदायिक कार्यक्रम अन्र्तगत दुखमा पनि एनएमसी भन्ने कुरालाई आत्मसाथ गर्दै स्व. घनश्याम अधिकारीको निजी निवास चुलाचुली–०२ मा पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।
एनएमसी अन्र्तगतका चुलाचुली कार्यालयगत उपसमिती संयोजक तिलक सिं फागो, केरखा कार्यालयगत उपसमिती सदस्य लोकनाथ खनाल चुलाचुली एकाई नं ३ संयोजक सुरेश अधिकारी, एकाई नं ४ संयोजक भिमचन्द्र बस्नेत, चुलाचुली एकाई नं १ सदस्य सिर्जना चेम्जोङ, चुलाचुली एकाई नं १ सदस्य रामकुमारी राई, चुलाचुली एकाई नं २ सदस्य तारादेवी खनाल, चुलाचुली एकाई नं ३ सदस्य टिकामायाँ थापा, चुलाचुली एकाई नं ४ सदस्य यज्ञ प्रसाद काफ्ले, ,चुलाचुली कार्यालय प्रमुख हेमन्त नेपाल, केरखा कार्यालय प्रमुख बिनिता बस्नेत, कर्मचारी भेषराज ढुङ्गेल लगायतको टोलिले मैनालीको परिवारलाई समवेदना सहित राहत रकम हस्तान्तरण गरेको थियो ।
करिब ६० जना बढि उपस्थिती रहेको उक्त राहत वितरण कार्यक्रममा संस्थामा ११ हजार रुपैयाँ भन्दा बढी शेयर मौज्दात भएमा सदस्यको तथा दम्पतीको असामयिक निधनमा रु ५० हजार रुपैयाँ सम्म राहत रकम उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।
Comments