Sajhamanch Archive

हेलिकप्टरमा दुई पाइलट राख्न असम्भवः वायुसेवा सञ्चालक सङ्घ

Published: in मिडियाबाट साभार by .

काठमाण्डौ । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा त्यस कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो। हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउछन । नौ सिट क्षमताभन्दा माथिका हेलिकप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँको भनाइ छ ।

अहिले नेपालमा सञ्चालन भइरहेका ११ हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकप्टर उडाउँदै आएको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *