Sajhamanch Archive

शिवसताक्षीमा सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्ध खोप सञ्चालनमा

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धका खोप सञ्चालन गरिएको छ ।

शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग र पज सोसाइटी नेपालको आयोजनामा दुई दिने क्यापिङ्ग आजबाट सुरु भएको हो । शिवसताक्षी न.पा. ११ स्थित भूपू सैनिक संघको हलमा आज शनिबारबाट सुरु भएको छ भने भोली समापन गरिने छ ।

क्यापिङ्गको शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख आतिथ्य तथा उप्रमुख नरमाया कार्कीको विशिष्ट आतिथ्यमा उद्घाटन गरिएको थियो ।

छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको झुण्डले स्थानीय स्तरमा रहेका कृषकहरुको गाई, भैसी, साना, पाडा, पाडी, खेतमा चरनका लागि बाँधिएका पशुहरुलाई टोकी घाइते बनाएको जनगुनासो आएपछि नगरपालिकाले त्यसको न्यूनिकरणका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेविज विरुद्ध खोपको क्याम्पेन सञ्चालन गरेको शिवसताक्षी नगरपालिका पशुसेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए । जसले कुकुरहरुको उच्च बृद्धिदर नियन्त्रण, मानव समुदायमा रेविज रोग नियन्त्रण र कुकुरका कारण हुने सडक दुर्घटनामा न्युनिकरण हुने नगरपालिकाले जनाएको छ ।

जसका लागि कुकुर समात्ने उपकरणसहितको प्राविधिक जनशक्ति परिचालन गरी बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाए पश्चात कुकुरलाई छोडिएको छ ।

क्याम्पिङ्गमा ४ जना वरिष्ठ पशु चिकित्सक र अन्य प्राविधिकहरुको सभागितामा भोली सम्म सञ्चालन हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *