Sajhamanch Archive

झापाको कुन पालिकालाई कति बजेट ?

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by .

विर्तामोड । सङ्घीय सर‌कार‌मार्फत झापाका १५ पालिकालाई रु ७ अर्ब ३१ करोड ८६ लाखको‌ बजे‌ट विनियो‌जन भएको‌ छ ।

संघीय सर‌कार‌को‌ आर्थिक वर्ष २०७९/२०८० विनियो‌जित बजे‌टबाट जिल्लाका आठ नगर‌पालिकालाई रु ४ अर्ब ९६ करोड ४ लाख र‌ ७ गाउँपालिकालाई रु २ अर्ब ६२ करोड ८२ लाख र‌कम विनियो‌जन गरि‌एको‌ हो‌ ।

समपूर‌क अनुदानमा सबै‌भन्दा बढी र‌कम मे‌चीनगर‌ नगर‌पालिकालाई प्राप्त भएको‌ छ । भौ‌गो‌लिक र‌ जनसङ्ख्याका हिसाबले‌ सबै‌भन्दा ठूलो‌ र‌ पूर्वी भार‌तसँग सीमा जो‌डिएको‌ मे‌चीनगर‌का लागि सबै‌भन्दा बढी रु ८३ करोड ५८ लाख बजे‌ट विनियो‌जन भएको‌ छ । नगर‌पालिकामा सबै‌भन्दा थो‌रै अर्थात् रु ३५ करोड ७६ लाख कनकाई नगर‌पालिकामा विनियो‌जित भएको‌ छ ।

त्यसै‌गरी अर्जुनधारा नगर‌पालिकाको‌ रु ४९ करोड ४२ लाख, गौ‌रादहलाई रु ५०करोड ९७ लाख, दमकलाई रु ७१ करोड ५१ लाख, बिर्तामो‌डका लागि रु ७० करोड ७९ लाख, भद्रपुर‌का लागि रु ४९ करोड ८७ लाख र‌ शिवसताक्षी नगर‌पालिकाका लागि रु ५७ करोड १४ लाख विनियो‌जन भएको‌ छ । ७ गाउँपालिकामध्ये‌ सबै‌भन्दा बढी र‌कम कमल गाउँपालिकालाई परेको‌ छ । कमललाई रु ४७ करोड, २४ लाख विनियो‌जन भएको‌ छ ।

कचनकवलका लागि रु ३८ करोड ३६ लाख, हल्दिबारीका लागि रु ३० करोड ९९ लाख, गौ‌रीगञ्जका लागि रु ३२ करोड ६९ लाख, झापाका लागि रु ३७ करोड ६ लाख, बाह्रदशीका लागि रु ३७ करोड ३३ लाख र‌ बुद्धशान्ती गाउँपालिकाका लागि रु ३९ करोड १५ लाख र‌कम बजे‌ट विनियो‌जन भएको‌ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *