Sajhamanch Archive

पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

Published: in विविधा, समाज by .

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । समूहले प्रत्येक वर्ष पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२१ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका उपाध्यक्ष चन्द्रशेखर कार्की र विज्ञ सदस्य जुद्ध बहादुर गुरुङ सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *