नगर खेलकुद महासंघ तथा युवा संघले अग्नी पीडित नेम्वाङ्गको घर पुनःनिर्माण गरिदिने
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ धरमपुर स्थित अग्नी पीडित परिवारलाई नेकपा एमालेको भातृसंगठन नगर खेलकुद
महासंघ तथा युवा संघको सक्रियता घर पुनः निर्माण गरिने भएको छ।
गएको विहिीबार डम्बर वहादुर नेम्वाङको घरमा अचानक आगोलाग्दा ६ जनाको परिवार गाँस न बास भएको थियो ।
अग्नी पीडितको परिवारलाई नगर स्तरीय महासंघका अध्यक्ष अरुण चेम्जोङ घटना स्थलमा पुगेर एक कार्यक्रमका बिच घर पुनः निर्माण गरिदिने घोषणा गरेका थिए।
करिब ९ लाखको लगानीमा १० बाइ १० को तीन ओटा कोठाको निर्माण गरिने समितिका सचिव अर्जुन राईले बताए ।
नेम्वाङको घरमा आगो लाग्दा भण्डारण गरेको खाद्यन्न, लत्ता कपडा र घर लगेर खरानी भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । आगलागीबाट कम्तिमा ११ लाख बराबरको धनमाल जलेको प्रहरीले जनाएको छ ।
विगत लामोदेखि सामाजिक सेवामा काम गर्दै आएको खेलकुद संघले विपतमा परेका परिवारको उद्धार र विभिन्न किसिमको सहयोग गर्दे आएको छ । शिवसताक्षी नगरका बाढि पीडित, अग्नी पीडित, विपत्तिमा परेका परिवारको मानविय सेवाका लागि विभिन्न रचनात्मक सामाजिक कार्य गर्दे आएको कार्यक्रमका प्रमुख समेत रहेका एमाले नेता राधाकृष्ण खनालले बताए ।
कार्यक्रममा शिवसताक्षी नगर उपप्रमुख नरमाया कार्की ,अग्नी पीडित घर पुनः निर्माण समितिकी कोषाध्यक्ष भरतकुमारी बस्नेत,वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ,माधवप्रसाद भण्डारी लगायतको उपस्थित रहेको थियो ।
Comments