शिवसताक्षी नगर कार्यपालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वार निर्वाचित
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कार्यापालिका सदस्यका लागि नेकपा एमालेका सबै उम्मेद्वारहरु विजयी भएका छन् ।
शिवसताक्षीको दूधेमा आज भएको निर्वाचनबाट उनीहरुमा विजयी भएका हुन् । महिला सदस्यहरुमा यशोदा विमली, मुनाकुमारी तामाङ्ग, रुका ढकाल, गोमा रिजाल, मंगलीदेवी विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।
महिला सदस्यका लागि नेकपा एमालेबाट पाँच जना र नेपाली कांग्रेसबाट तीन जना गरी जम्मा ८ जनाको उम्मेद्वारी परेको थियो ।
त्यस्तै पुरुष सदस्यहरुमा विनोद दर्नाल, रामनरेश शर्मा र कुमार राई विजयी भएका छन् ।
पुरुष सदस्य पदका लागि नेकपा एमालेबाट तीन जना र नेपाली कांग्रेसबाट तीन जना गरी छ जनाको उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
Comments