Sajhamanch Archive

इन्डोनेसियामा मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुग्यो, ६५ हजार घर भत्किए

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ ।

भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेकाले ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अझै पनि धेरै मानिस भत्किएका संरचनामा पुरिएको हुनसक्ने र उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना पनि रहेको बताइएको छ ।

भूकम्प र सुनामीले ६५ हजार ७३३ घर भत्किएका छन् भने सयौं विद्यालय भवन तथा ठूला व्यापारिक भवन चर्किएका वा भत्किएका, विपद् व्यवस्थापन केन्द्रीय कार्यालयका प्रवक्ता सुटुपो पुर्वो नुग्रोहोले जानकारी दिएका छन् ।

विस्थापितहरूलाई राज्यका १०९ स्थानमा शिविर बनाएर राखिएको छ । उद्धारमा विभिन्न क्षेत्रमा गरी करिब ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *