पूर्व मन्त्री भट्टराईद्वारा विर्तामोडका नगरप्रमुख र उपप्रमुखलाई बधाई
Published: (Updated: )
by .झापा । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिएका छन् ।
शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । गभेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराएका थिए । सांसद भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।
Comments