Sajhamanch Archive

कलाकार गजुरेल जिल्ला कारागार पुग्दा…

Published: in समाज by .

उदयपुर । गर्मीको मौसम, त्यसमाथि तातो घाम। क्षमताभन्दा तेब्बर कैदीबन्दीका लागि कारागारको बसाइ निकै कष्टकर थियो।

त्यहीबीचदेखिए चर्चित कलाकार मनोज गजुरेल। कलाकार गजुरेल जिल्ला कारागारभित्र किन पुगे? जो कसैको मनमा पनि प्रश्न उठ्न सक्छ तर, गजुरले कुनै पनि अपराध गरेर कैदी भुक्तानी गर्न भने गएका होइन। मंगलबार कैदीबन्दीको मानवाधिकार प्रवर्धन गर्ने उद्देश्यका साथ हास्यव्यंग्य कार्यक्रम लिएर गजुरेल र लक्ष्मण गाम्नागे जिल्ला कारागार उदयपुर पुगेका हुन्।

कारागारका एक सय ५८ जना कैदीबन्दीलाई हसाउँदै गजुरेलले भने, कारावासको बसाइलाई निराशामा होइन, विगतका कमजोरी सच्याएर भविष्यमा नयाँ जीवन जिउने आशामा परिणत गरौँ।’ सिस्नोपानी नेपालको प्रस्तुतिमा बोक्सेस्थित उदयपुर कारागारमा हास्यव्यंग्य शिविर सञ्चालन गरियो। त्यही कार्यक्रममा प्रस्तुति दिने क्रममा पुन गजुरलेले भने, ‘देशको ठूला पदमा पुगेका व्यक्तिसमेत जीवनको कुनै कालखण्डमा कारागारमा बसेका छन्।

तसर्थ कारागार पनि एउटा विश्वविद्यालय हो। यहाँबाट बाँकी जीवन जिउने कला सिक्न सकिन्छ।’ कार्यक्रममा अतिथि कलाकार गजुरेलले प्रस्तुति दिँइरहदाँ उपस्थित अथितिहरू र कैदीबन्दीहरु पेट मिची मिची हाँसेर विगत भुल्थे। कलाकार लक्षमण गाम्नागेले विभिन्न प्रस्तुति दिदै काराकार बन्दीलाई मानव अधिकार प्रवर्धनमा टेवा पुग्ने बताए। असोज १३ गते विराटनगरबाट सुरु भएको हास्यव्यंग्य शिविर १४ गते झापाको चन्द्रगढी, १५ गते सुनसरीको झुम्का स्थित क्षेत्रीय कारागार र १६ गते उदयपुर कारागारमा कार्यक्रम सम्पन्न भएको हो।

हाल उदयपुर कारागारमा ५० जनाको क्षमता भए पनि १५८ कैदीबन्दी रहेको जेलर सीताराम कार्कीले बताए। जेलर कार्कीका अनुसार नौ महिला र तीन नाबालक छन्। कैदी केदार राईले कैदी बन्दी हुदैमा कोही पनि निराश हुनु नपर्ने बताए। ‘कारागारबाट बाहिर निस्केपछि समाजमा स्थापित हुन सकिन्छ,’ उनले भने, ‘कारागारलाई विश्व्यापाी मान्यताको आधारमा विकास गरिनुपर्छ, उदयपुरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या भएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *