पत्रकार मञ्च दमकमा देवानको अध्यक्षमा नयाँ कार्य समिति चयन
Published:
by .दमक । पत्रकार मञ्च दमकको आठौं अधिवेशन तथा १२ औं साधारण सभाबाट अध्यक्षमा कमन देवान याक्खा सर्वसम्मत चयन भएका छन् ।
दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न अधिवेशनबाट देवानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका छन् ।
नवनिर्वाचित उपाध्यक्षमा गीता ढुङ्गाना, सचिवमा उमानाथ भण्डारी, सह(सचिवमा धनबहादुर थेवे निवाहाङ र कोषाध्यक्षमा जीवन चुडाल निर्वाचित भएका छन् ।
यसैगरि कार्यसमिति सदस्यहरुमा दिलिप घिमिरे, डिल्लीश्वर मुसाहाङ अम्याङ्सा, सविना राई, गंगामाया बेघा, टिकाराम विश्वकर्मा र सुमित्रा गुरागाई चयन भएका छन् ।
यस्तै लेखा समिति संयोजकमा सान नेपाल, सदस्यमा लक्ष्मी अधिकारी र संसेमी माङयुङ चयन भएका छन् ।
अनुशासन समितिको संयोजकमा गोपाल झापाली, सदस्यमा छविलाल दवाडी र सेसेमी से।नाल्बो निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष देवानले माइपश्चिमका पत्रकारहरूको हकहितका लागि आफू सधैं लड्ने र पत्रकार मञ्चको इतिहासलाई समेटेर आफ्नो कार्यकालमा स्मारिका प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत लेखनाथ निरौलाले प्रमाणपत्र वितरण गरि सफल कार्यकालको शुभकामना व्यक्त गरे
पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देशराज नेम्बाङले गरेका थिए ।
Comments