Sajhamanch Archive

किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

Published: in विविधा, समाज by .

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरेका छन ।

उनलृ भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र किसानहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न–गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *