Sajhamanch Archive

गोपाल गौरी दिगो विकासद्वारा सञ्चारकर्मी तथा निवर्तमान जनप्रतिनिधिहरु सम्मानित

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको गोपाल गौरी दिगो विकास संस्थाले निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित आफ्नै कार्यालयमा एक कार्यक्रम आयोजना गरी शिवसताक्षीका निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो ।

संस्थाले शिवसताक्षीका निवर्तमान मेयर चन्द्रकुमार सेर्मा, उपमेयर भोजकुमारी नेपाल लगायत सम्पूर्ण निवर्तमान वडाध्यक्षहरुलाई कदर प्रत्र प्रदान गरिएको संस्थाकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिइन् ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार लीला अनमोल, स्थानीय पत्रकार विनोद सापकोटालाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई प्रदेश नं. १ का कृषि तथा पशुपालन मन्त्री झलकसिं दर्लामी मगर र शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख थोप्राले एउटा महिलाले गोपाल गौरी दिगो विकास संस्था स्थापना गरी स्थानीय महिलाहरुलाई रोजगार सृजना गरेकोमा धन्यवाद दिए । उनले भने, सरकारले महिला लक्षित धेरै कार्यक्रमहरु ल्याएको छ । तर थोरै मात्र महिलाहरु सीप सिकेर स्वावलम्बी बनेका छन् । गोपाल गौरी दिगो विकास संस्थामा महिलाहरुलाई सीप सिकाई आय आर्जन गर्ने वातावरण मिलाइदिएर स्थानीय स्तरमा उदारणीय काम गरेको उनको भनाई थियो । नगरपालिकाबाट महिला लक्षित विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्ने समेत उनले बताए ।

त्यसैगरी कृषि तथा पशुपालन मन्त्री झलकसिं दर्लामीले गोपाल गौरी दिगो विकास भवन निर्माणमा प्रदेश सरकारबाट पनि सहयोग गरेको बताए । उनले शिवसताक्षीका नागरिक विशेष गरी कृषि पेशामा आधारित भएकाले बजेटमा सिचाईका लागि बजेट समेटिएको जानकारी दिए । कनकाई सिचाई आयोजनाको नहरले नभेट्ने स्थानहरुमा बोरिङ्ग मार्फत कृषि उत्पादनका लागि सिचाइको व्यवस्था गरिने उनको भनाई थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, पत्रकार लीला अनमोललगायतले आफ्नो धाराणा राखेका थिए । संस्थाले विगत पाँच महिनालेदेखि ढाका बुनाई तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरेका थियो ।
गोपाल गौरी दगो विकास संस्थाले नवनिर्वाचित जनप्रतिनिधि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष भद्र राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *