Sajhamanch Archive

साल्ट ट्रेडिङ भन्छः डीएपी आइसक्यो , युरिया मल असारको पहिलो सातादेखि

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

झापा । साल्ट ट्रेडिङ कर्पोरेसनले १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिएको दाबी गरेको छ ।

यस्तै २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि आउने कर्पोरेसनले जनाएको छ । कर्पोरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ । ‘१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डीएपी आफ्ना डिपो्बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ’, कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेश झाले भने, ‘बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ।’

उनका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ। विभागीय प्रबन्धक ‘२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको छ’, उनले भने, एक हप्ताभित्र स्वदेश भित्रिनेछ ।’ कर्पोरेशनले युरिया मल इण्डोनेसियाबाट झिकाएको जनाएको छ । विश्व कृषि बजारमा इण्डोनेसियाको मल उत्कृष्ट मानिन्छ । सरकारले यसपटक कर्पोरेसनलाई कुल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कुल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ। कृषि मन्त्रालयले यसपटक मलमा करिब ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल खपत हुन्छ । संसदले पनि सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देश गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *