Sajhamanch Archive

राज्यमन्त्री बिमलालाई अनुसन्धानका लागि जिप्रका ल्याइयो

Published: in मिडियाबाट साभार, समाज by .

दाङ । महिला र बालिकालाई कुटपिट गरेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।

इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी बिमलालाई थप अनुसन्धानका लागि भन्दै घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। जिल्ला प्रहरी प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेसहितको प्रहरी टोली पुगेर राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो।

एसपी काफ्लेका अनुसार डिएसपी नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यालयमा अहिले डिएसपी नरहेकाले अनुसन्धानका लागि ओलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईएको हो। बिमलासंग प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान पश्चात कारवाहीको प्रकृया प्रारम्भ हुने जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *