Sajhamanch Archive

उत्तर कोरियासँग कति छ आणविक हतियार ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

काठमाडौं । दक्षिण कोरियाका एक जना मन्त्रीले उत्तर कोरियासँग अधिकतम ६० वटासम्म आणविक हतियार हुनसक्ने दावी गरेका छन् ।

निसस्त्रीकरणको प्रतिबद्धता जनाएको उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला दक्षिण कोरियाली संसद्मा यस्तो जानकारी आएको हो ।

दक्षिण कोरियाका एकीकरण मन्त्री चो म्योङ–ग्योनले संसदलाई सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे ।

उनले यससम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि बताए । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ ।

दक्षिण कोरियाको एक प्रतिवेदन अनुसार, उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ, यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ ।

धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले अरु पनि गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन् ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *