भारतीय कम्पनीसँग क्यानलाई नै असर पर्ने सम्झौता
Published: (Updated: )
by .काठमाडौं । नेपाली क्रिकेटमा ठूलो कम्पनीको लगानी भित्रिनु खुसीको कुरा हो । तर, लगानीकर्तालाई नै सम्पूर्ण क्रिकेटको जिम्मेवारी दिँदा यसले कुन किसिमको सन्देश जान्छ भन्ने हो । यतिबेला नेपाली क्रिकेट भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स प्रा।लि।’ को हातमा भएको जनाउँछ ।
क्यानले एसथ्रीलाई सम्पूर्ण कमर्सियल राइट्स बेचेको छ । क्यानले नेपाल टी–ट्वान्टी लिगको घोषणासभामा एसथ्रीलाई एउटा लिगको मात्र राइट्स बेचेको जनाए पनि क्यानले गर्ने सम्पूर्ण क्रिकेट प्रतियोगिताको अधिकार एसथ्रीलाई दिएको सम्झौतामा उल्लेख छ ।
त्यस्तै क्यान गरेको सम्झौता अनुसार सम्झौताको विषयमा कुनै विवाद उत्पन्न भएका १५ दिनभित्र दुई पक्षहरू नमिलेमा भारतीय कानुन अनुसार भारतको नयाँ दिल्लीमा मुद्दाको छिनोफानो हुने उल्लेख छ ।
क्यानले गर्ने सम्पूर्ण खाले प्रतियोगिता गर्ने अधिकार पनि एसथ्रीले पाउने छ । नेपाल टी–ट्वान्टी लिगको फेन्टासीदेखि लिएर लिग सञ्चालन प्रक्रिया पनि एसथ्रीले नै गर्नेछ । क्यानको एसथ्रीसँगको सम्झौताका केही मुख्य बुँदाहरू जसले क्यानलाई नै असर गर्नेछ ।
Comments