भारतीय अवरोधले झापाको एउटा सिङ्गो बस्ती बाढीको उच्च जोखिममा
Published:
by .झापा । झापाको दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज गाउँपालिकास्थित वडा नम्बर–४ मा रहेको एउटा सिङ्गो बस्ती नै नदी कटानको जोखिममा परेको छ । भारतसँग सीमा जोडिएको उक्त क्षेत्रमा सिमानाका रूपमा गेउरिया खोला रहेको छ ।
उक्त खोलाले धार परिवर्तन गर्दा नेपाल तर्फको जमिन कटान गरिरहेको स्थानीय जयराम ऋषिदेवले बताए । उनी भन्छन्, “खोलामा सामान्य तटबन्धन मात्रै गरे पनि बस्ती तर्फको कटान रोकिने थियो । तर यस विषयमा कसैले वास्तै गरेनन् ।” नदिलाई नेपाल तर्फकै भूभागबाट नियन्त्रण गरी धार परिवर्तन गराउन आफूहरूले पटक पटक आग्रह गरे पनि भारतीय पक्षले त्यहाँ अवरोध गरिरहेको उनले सुनाए। भारतीय सीमा सुरक्षा बलले त्यहाँ नदिको धार परिवर्तन गर्न नदिएपछि समस्या भइरहेको उनले भने ।
गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष फेका गिरिले भने यस विषयमा आफू गम्भीर भएर लाग्ने बताएका छन् । उनले सो ठाउँमा भइरहेको कटानबाट बस्तीलाई जोगाउन आफू आजैबाट लागिपर्ने समेत बताए । “हामी भर्खर मात्रै निर्वाचित भएर आएका हौँ, त्यसैले एक एक समस्यालाई गम्भीर भएर आफूहरू समाधानको पाटोमा लाग्नेछौँ ।” उनले भने । दुई महिनामा भएका प्राकृतिक विपदमा ९३० घरपरिवारका १७० जना घाइते भएका छन् भने एक जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। यी घटनाहरूबाट ५२ करोड, ६५ लाख ६६ हजार २६० रूपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणको तथ्यांक छ।
Comments