कैदीबन्दीको रासनभत्ता बढ्यो, साउनदेखि प्रतिदन ८० रुपैयाँ
Published:
by .झापा । साउन १ देखि लागू हुने गरी कैदीबन्दीले रासनभत्तास्वरुप प्रतिदिन ८० रुपैयाँ पाउने भएका छन् । चालू आर्थिक वर्षमा प्रतिदिन ६० रुपैयाँ पाउँदै आएकोमा २० प्रतिशत वृद्धि गरिएको हो ।
गृहमन्त्री प्रतिनिधिसभाको बुधबार बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले कैदीबन्दीको रासनभत्तामा ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । ‘अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले आगामी आर्थिक वर्ष साउनको पहिलो दिनबाटै उनीहरूले रकम प्राप्त गर्नेछन् ’, उनले भने। सरकारले अब सबै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य बिमा पनि गर्नेछ । कैदीबन्दीको सीपलाई उपयोग गर्ने नीतिसमेत अवलम्बन गरेको छ ।
खाँणले उनीहरूको सीपलाई उपयोग गरी उद्यमशीलता विकासमा लगाउन कार्यविधि तर्जुमाका क्रममा रहेको बताए। ‘उनीहरूले पनि क्षमताअनुसार सीप सिकुन् र उत्पानदमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्य हो’, उनले भने । उनका अनुसार कारागारमा फोटोसहितको परिचयपत्र लागू गर्ने कार्य सुरु भएको छ । कैदीबन्दी व्यवस्थापन सूचना प्रणाली व्यवस्थापनका लागि यो वर्ष दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
Comments