नेपाल स्काउट को ७० औं स्थापना दिवशको अवसरमा ३२ जनाले गरे रक्तदान
Published: (Updated: )
by .कमल । नेपाल स्काउट को ७० औं स्थापना दिवसको उपलक्षमा आज नेपाल स्काउट कमल गाउँपालिका तदर्थ समितिको आयोजनामा केर्खामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३२ जनाले रगतदान गरेका थिए ।
वाढीपहिरो, आगलागी लगायत अन्य विभिन्न विपद्का समस्यामा परेकालाई उद्धार गर्न स्काउटको महत्वपुर्ण .भूमिका रहेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । उनका अनुसार कमल गाउँपालिकामा समेत विपद्का समयमा स्काउटले धेरै काम गरेको छ। आगामी दिनमा गाउँपालिकामा भएका सबै विद्यालयमा स्काउट गठन गर्दै अगाडी बड्न आवश्यक उनको भनाई थियो । शिक्षा सँग सम्बन्धित कार्यक्रम भएकोले आगामी दिनमा स्काउट संग सहकार्य गर्दै अगाडी बढ्ने कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताईन् ।
७० वर्ष अगाडी स्थापना भएको नेपाल स्काउटले धेरै संघर्ष गरेर यहाँ सम्म आईपुगेको छ । अहिले सम्मम पनि कतिपय स्थानिय तहमा सदर्थ समिति गठन हुन सकेको छैन । जबकी कानुनी प्रवधान अनुसार स्थानियतहका प्रमुख संरक्षक र उपप्रमुख वा उपाध्यक्ष गाउँ स्तर स्काउट प्रमुख हुने व्यवस्था छ । आगामी दिनमा कमल गाउँपालिकाले नेपाल स्काउटलाई सहयोग गर्नेमा आफु आशावादी रहेको नेपाल स्काउट तदर्थ समिति प्रदेश नम्वर १ मा संयोजक रवि खनालले बताए ।
नेपाल स्काउट तदर्थ समिति कमल गाउँपालिकाका संयोजक माया सिवाकोटीको अध्यक्षतामा सम्पन्न रत्तदान कार्यक्रमा उपस्थित अतिथी तथा रत्तदाता लार्ई सदस्य दिपक खड्काले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राखेका थिए भने सदस्य मनोज गुरुङ्ग सन्चालन गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी ,कर्मचारी, सुरक्षाकर्मि लगायतको उपस्थित रहेको थियो
Comments