Sajhamanch Archive

झापाको रतुवा खोलामा बाढी, २५ घर डुबान हुँदा १३ परिवार विस्थापित

Published: in मुख्य समाचार, समाज by .

झापा । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन् । गएराति ९ः५५ बजेको समयमा अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको बस्तीमा कटान गरेको हो ।

कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती , गोमा तामाङ, सूर्यमान आचार्य ,विमल किस्कू , राजेश किस्कू , मनोज मास्के , भारती तामाङ , लाक्पा शेर्पा , डिकबहादुर गुरुङ र दीपक गुरुङको परिवार विस्थापित भएका हुन् ।

उनीहरूको घरमा क्षति पुगेको र नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।सोही खोलाले आज बिहान गौरादह ६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली गएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति नभएको डिएसपी पाठकले बताए । उनले पानी घट्ने क्रममा रहेकोले मानिसहरू आफ्नै घरमा रहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *