शेयर बजार साढे ३७ अङ्कले बढ्यो
Published: (Updated: )
by .काठमाण्डौ । पछिल्लो समय लगातार ओरालो लागिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर १ हजार ९ सय २२ दशमलव ३० विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ ।
यस्तै २ सय ३१ वटा कम्पनीको ३७ लाख १२ हजार कित्ता शेयर १ अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर भने झन्डै २ प्रतिशतले घटेको छ ।
Comments