Sajhamanch Archive

दलित अधिकार समन्वय नगर समितिद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र

Published: in समाज by .

शिवसताक्षी । दलित अधिकार समन्वय नगर समितिले शिवसताक्षी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

आ.व २०७९÷०८० को नीति तथा कार्यक्रममा दलित अधिकार सम्बन्धि विभिन्न कार्यक्रमका लागि बजेट समेट्न आग्रह गर्दै नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोसन)लाई ज्ञापन पत्र बुझाइएको हो ।

दलित अधिकारी समवन्य नगर समितिले विभिन्न शीर्षकमा १३ लाख ५० हजार बजेट माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
छुवाछुत मुक्त नगरपालिका घोषणा कार्यक्रम , दलित अगुवाहरुको नेतृत्व विकास तालिम, बेरोजगार दलित युवाहरुलाई ड्राइभिङ्ग तथा सिलाई बुनाईतालिम , योग्यता पुगेका दलित समुदायका व्यक्तिहरुलाई लोकसेवा आयोग तथा शिक्षा सेवा आयोगका तयारी कक्षा सञ्चालन, संस्थागत विद्यालयहरुमा कम्तिमा १० प्रतिशत नघटाई गरिब, अपाङ्ग, महिला, दलित र जनजातिका विद्यार्थीहरुलाई छात्रबृत्ति सम्बन्धि अन्तरक्रिया लगायतका कार्यक्रमका लागि रकम माग गरिएको छ ।

अघिल्ला बर्षहरुमा दलित लक्षित बजेटमा लागत सहभागीता अनिवार्य गरिएकाले बजेट फ्रिज भएको हुँदा दलित लक्षित बजेटमा लागत सहभागिता हटाउन पर्ने दलित अधिकार समन्वय नगर समितिका अध्यक्ष खगेन्द्र लम्लेजले जानकारी दिए ।
उनले दलित लक्षित कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याए र बजेट कार्यन्वय भएमात्र दलित दलितको हक अधिकार सुचिश्चित हुने र दलित समुदायको उथान हुने बताए । दलितहरुलाई शिक्षित र सामाजिक रुपमा नै अरु सहर बाँँच्न पाउने अधिकारका लागि उनीहरुलाई सक्षम बनाउन जरुरी रहेको उनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *