Sajhamanch Archive

कस्ती आमा जसले पाँच तल्लामाथिबाट फ्याँकिन् नवजात शिशु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं ।  थाइल्यान्डमा एक महिलाको कर्तूत सार्वजनिक भएको छ । ती महिलाले आफ्नी नवजात शिशुलाई पाँच तल्लामाथिबाट फ्याँकेकी छन् ।

तर केराको बोटमा अड्किएर बच्चीको ज्यान बाँच्यो ।  घटना सोमवार समुत प्राकनको एक अपार्टमेन्टमा भएको हो ।

स्थानीय मानिसले बच्चीको आवाज सुनेर त्यहाँ पुगे र उसलाई अस्पतालमा भर्ना गराए । अहिले बच्ची स्वस्थ र सुरक्षित छिन् । मानिसले त्यो जानकारी प्रहरीलाई दिए ।

छिमेकमा बस्ने हङ कोहेनका अनुसार, बिहान साढे १० बजे बच्चा रोएको आवाज सुनेपछि पहिला त बेवास्ता गरियो । बाँकी अन्यले पनि आवाज सुनेपछि गार्डनतिर पुगे ।

बच्ची भुइँमा थिइन् र उनीवरिपरि केराको पात पनि थिए । बच्चीलाई चोट त लागेन तर कमिला र लामखुट्टेले टोके । पछि उनलाई अस्पतालमा भर्ना गरियो ।

प्रहरीले बच्ची फाल्ने महिलालाई खोजिरहेको छ । ती महिलालाई गर्भवती अवस्थामा बाल्कनीमा घुमेको मानिसले देखेका थिए ।

महिलाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाइनेछ । प्रहरीको प्राथमिक अनुसन्धानमा उक्त महिला अविवाहित रहेको थाहा भएको छ । छिमेकीहरूसँग कुराकानी गरेर आरोपितको बारेमा बुझ्ने प्रयास भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *