नेपालमा बढ्न थाल्यो विद्युतीय गाडीको आयात
Published:
by .काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ ।
विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा ७०० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/२०७८ को ११ महिनाको अवधिमा जम्मा २१३ विद्युतीय आयात भएको थिए ।
विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।
Comments