Sajhamanch Archive

शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर, ८ सय बढीले सेवा लिए

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ५ मा भएको स्वास्थ्य शिविरमा वडाका ८ सय बढीले सेवा लिएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं. ५ को संयोजक वर्कफर नेपालको आयोजना र हेल्पिङ्ग हेन्ड फर रिलफ एन्ड डेबलमेन्टको आर्थिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले गरेका थिए । उनले उद्घाटनका क्रममा बोल्दै नगरबासीलाई स्वास्थ्य सेवा पहुँच हुने गरी नगरको ६ नं. वडामा नगर अस्पताल निर्माण भइरहेको जानकारी दिए । नगरबासीको स्वास्थ्यका लागि नगरपालिका सदैव सम्वेदनशिल भएर लाग्ने उनको भनाई थियो ।

शिविरमा दन्तरोग, आँखाको उपचार महिलाहरुको पाठेघरको जाँच र हाडजोर्नी तथा नशाको उपचार गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पाशवानले जानकारी दिए ।

वडाबासीहरुका स्वास्थ्यलाई ध्यानमा राख्दै निशुल्क स्वास्थ्य शिविरको आयोजन गरिएको उनले बताए । उनका अनुसार वडाका ८ सय बढीले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा फिजिसियन डा. अहमद रेजा, स्त्रीरोग विशेषज्ञ डा. सविना कट्टेल, नेत्र विशेषज्ञ मोती बराल, र दन्त रोग विशेषज्ञ स्मारक दाहालले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *