Sajhamanch Archive

विशाल र रेणुको उपचार सहयोगका लागि अपिल

Published: in समाज by .

कमल । झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ ।

२८ वर्षिय विशाल राई विगत १ वर्ष भन्दा अगाडी देखी सिकेलसेल एनेमिया ( शरिर रगत उत्पादन नहुने ) रोगका कारण विरामी भएका छन् । उनको हाल काठमार्डौ स्थित सिभिल हस्पिटल मिनभवनमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको उपचारकालागी ३० देखी ३५ लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ । अहिले सम्म भाईको उपचारमा ४ देखी ५ लाख सम्म खर्च भएको विरामी दाई धिरज राईले बताए ।

त्यस्तै दमक नगरपालिका ७ की ५२ वर्षिय रेणु सन्तराजको उपचारमा सहयोगार्थका लागी समेत पहल गरिएको छ ।

सन्तराज दुबै मृगौला खराव भएका कारण हाल विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचाररथ छन् । आमाको उपचारमा आफु सँग भएका सबैे जायजेथा खर्च भै सक्यो । अझ आमाको उपचारकालागी ३० देखी ४० लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई रहेको मुकेश सन्तराजले बताए ।

आमाको उपचारकालागी यती धेरै रकम जुटाउने आफु संग कुनै श्रोत नभएका कारण छोरा मुकेश सन्तराजले सबै सग आमाको उपचारार्थ सहयोग गरिदिनुहुन अपिल गरेका छन् ।

विशाल र रेणु प्रतिनिधी पात्र मात्र हुन् गाउँ समाजमा यस्ता थुप्रै विरामी धेरै हुन्ुहुन्छ । कतिले रोगलाई भित्रभित्रै दवाएर राखेका छन, भने कति छटपटाई रहेका छन् । यस तर्फ सरकारको ध्यान जान आवश्यक छ । नत्र भने आर्थिक अवस्था न्युन भएका कारणले नागरिकको अकाल मै ज्यान नजाला भन्न सकिदैन ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *