Sajhamanch Archive

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

Published: (Updated: ) in प्रदेश तह, समाज by .

कमल । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग पेश गरेका छन् ।

आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताए ।

प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश गरेको उल्लेख गर्दै उनले नगरपालिका र गाउँपालिका अन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताए ।

प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापनपत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दज्र्यानी चिह्नसहित एउटै ढाँचाको पोशाकको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ । मोरङका सात र झापाका ६ पालिकामा मात्र दमकलको सुविधा छ । मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका, झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र दमक नगरपालिका तथा कमल गाउँपालिकासित दमकल छ

प्रदेश नं. १ का २ सय अन्य दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् ।

आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताए ।

प्रदेश नं १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताए ।

प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापनपत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दज्र्यानी चिह्नसहित एउटै ढाँचाको पोशाकको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।

प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ । मोरङका सात र झापाका ६ पालिकामा मात्र दमकलको सुविधा छ । मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका, झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र दमक नगरपालिका तथा कमल गाउँपालिकासित दमकल छ ।

२०७७ साल असोज ३० गते १ नम्वर प्रदेश सरकारले एक कार्यक्रमका बिच पाँच करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ खरिद गरिएका प्रहरी भ्यान को चावि स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिलाइ मुख्यमन्त्री शेरधन राईले हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा झापाको कमल गाउँपालिका समेत छनौटमा परेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *