Sajhamanch Archive

बाहुनडाँगीबासीको सकरात्मक कार्यः ३५ लाखको काम साढे चार लाखमा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

बाहुनडाँगी । मान्छेले गर्न चाहे अनि भित्रै मनदेखि काम गर्ने दृढसंकल्प भए कुनै पनि काम असम्भव छैन भन्ने गतिलो उदाहरण मेचीनगर वडानम्बर—४ बाहुनडाँगीका वासीन्दाले प्रस्तुत गरेका छन् । त्यसको अगुवाई गरेका छन्, मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष नविन वरालले ।

‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मनशाय बोकेका बाहुनडाँगीवासीले आफ्नै श्रमदान र लगानीमा गाउँको मुहार परिवर्तन गरिदिएका छन् । यसले आफ्नो गाउँको विकास गर्न कसैको मुख ताक्नुपर्दाे रहेनछ भन्ने गतिलो सन्देश पनि दिएको छ ।

वर्षैादेखि मेचीनगरको मुख्य व्यापारिक केन्द्र काँकरभिट्टाहुँदै बाहुनडाँगी भएर इलामको रोङ गाउँपालिका जोडने बाटोमा परेका खाल्डाखुल्डीका कारण समस्या झेल्दै आएका सर्वसाधारण समेतले यति बेला बाहुनडाँगीवासीले गरेको उक्त रचनात्मक कार्यका कारण राहत महसुश मात्र गरिरहेका छैनन् खुलेरै प्रशंसा समेत गरेका छन् ।

झापा मेचीनगरको वडानम्बर १ र ४ जोड्ने सुर्याेदय मार्गको करिव ६ किलो मिटर सडकको स्तरोन्नति गर्ने काम पुरा भएपछि सर्वसाधारणले राहतको महसुश गरेका हुन् । बाटोको स्तरोन्नति भएपछि अहिले बाहुनडाँगी मात्र होइन इलामसम्म आवतजावत गर्न धेरैलाई सजिलो भएको छ । वडाध्यक्ष वरालका अनुसार मेचीनगर—४ को हात्ती रिसोर्टदेखि वडानम्बर—१ को सीमा भोर्लेनी शिवालय मन्दिरसम्म साढेतीन मिटर चौडाई भएको सडकको स्तरोन्नति गर्ने काम पुरा भएको छ ।

वडाको इन्धन बजेटबाट ४ लाख ५० हजार रुपैयाँको लागतमा वडाध्यक्ष वरालको सक्रियतामा वडावासीको श्रमदान तथा विभिन्न संघ संस्थाहरु, राजनीतिक दलहरुको सहयोगमा चारदिनमा उक्त कार्य सम्पन्न भएको हो । वडाध्यक्ष वरालका अनुसार जुन कार्य सम्पन्न गर्न करिव ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । तर, स्थानीयवासी, विभिन्न संघ संस्था, राजनीतिक दललगायत सर्वसाधारण बाटो बनाउने कार्यमा जुटेपछि सडकको स्तरोन्नति थोरै रकम र छोटै समयमा सम्पन्न भएको हो । यसमा स्थानीयवासीले स्वतःस्फूतरुपमा गरेको श्रमदान र जोस जागर उत्साह अन्य वडावासीका लागि उदारहणिय बन्ने वडाध्यक्ष वरालको भनाई छ । नगरपालिकाले पनि ट्रिपर, जेसीभीलगायतका साधन उपलब्ध गराएको थियो ।

पुरानो सीमावर्ती बजार बाहुनडाँगी जोड्ने सो बाटोका खाल्डाखुल्डीका कारण यात्रुहरुले समस्या व्यहोर्दै आएका थिए । बाटो स्तरोन्नति भएसँगै इलामको रोङ गाउँपालिकाको सलकपुर आवत जावत गर्न सजिलो भएको जितेन्द्र मगरको भनाई छ ।
बाटोको स्तरोन्नति भएपछि सवारी चालकदेखि सर्वसाधारणले समेतले अहिले राहत महशुस गरेका छन् । ‘गर्न चाहे र भित्री मनदेखि गर्छु भनेर लाग्ने हो भने कुनै काम असम्भव छैन’ वडाध्यक्ष वरालले भने—‘वर्षैदेखि बाटो हविगत हेरीसक्नु थिएन, हामी गर्ने भनेर लाग्यौ सवैक्षेत्रबाट सक्दो सहयोग भयो, स्थानीयवासीले समेत जे जे सकिन्छ त्यहि त्यहि सहयोग उपलब्ध गराएपछि सहजरुपमै सडकको स्तरोन्नति थोरै रकम र छोटै समयमा भयो ।’ उक्त कार्य सम्पन्न गर्न स्वयम् वडाध्यक्ष वरालले व्यक्तिगतरुपमा ७५ हजार रुपैयाँ बराबरको यान्त्रिक सहयोग गरेका थिए भने, । वडासदस्य विनोद रञ्जितकार तथा स्थानीय व्यवसायी ज्ञानु कार्कीले करीव ६० हजार रुपैयाँ बराबरको सहयोग गरेका थिए ।

मोहन बस्नेत, नवीन न्यौपाने, नेत्र सुब्बा, नरेश लावती, इन्द्र सुब्बा, विकास लावती नयन वरालको देन पनि सडक स्तरोन्नतिमा निक्कै प्रशंसायोग्य रहेको वडाध्यक्ष वरालको भनाई छ । यसैगरी अन्य व्यवसायीहरुले समेत एकलाख रुपैयाँभन्दा बढीको सहयोग गरेका थिए । बाटोको स्तरोन्नति भएपछि सवारी चालकदेखि सर्वसाधारणले समेत राहत महशुस गरेका छन् । पुरानो सीमावर्ती बजार बाहुनडाँगी जोड्ने सो बाटामो खाल्डाखुल्डीका कारण यात्रुहरुले समस्या व्यहोर्दै आएका थिए । बाटो स्तरोन्नति भएसँगै इलामको रोङ गाउँपालिकाको सलकपुर आवत जावत गर्न सजिलो भएको छ ।

‘यो समस्या ज्यादै पुरानो हो धेरै चुनावमा दलहरुले यो बाटोको समस्यालाई भोट मागने मुख्य माध्यम बनाए’ बाहुनडाँगी युवा क्लबका उपाध्यक्ष रमेश थापाले भने —‘ यसपटक वडाध्यक्ष ज्यु अघि सार्नुभयो हामी सवैले साथ दियौँ अन्नतः काम पनि गुणस्तर नै छ, यो कमा सम्पन्न भएसँगै बाहुनडाँगीवासीको लामो समयदेखिको सपना पुरा भएको महसुश हामीले गरेका छौ ।’ क्लबले समेत बाटोको स्तरोन्नतिका लागि सक्दो सहयोग गरेको थापाले बताए ।

‘यति काम गर्न उपभोक्ता समिति बनाउने हो भने ३० लाख भन्दा बढी रकम खर्च हुने थियो ’ थापाले भने —‘हामीसँग जे जे थियो त्यही त्यही सहयोग गरीयौ, कसैले ट्रिपर, कसैले रोलर कसैले पानी हाल्ने ट्याँकर, कसैले जेसीभी कसैले आफै श्रमदान उपलब्ध गराउनुभयो थोरै रकममा छिटै काम सकियो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *