Sajhamanch Archive

सवारी दुर्घटनाः दुई जनाको मृत्यु

Published: in समाज by .

झापा । मोरङको बुढीगंगा गाउँपालिकामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा साइकलमा सवार बूढीगंगा ४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो। एम्बुलेन्स चालक फरार रहेको डिएसपी श्रेष्ठले बताए।

त्यस्तै गएराति नै मोटरसाइकलको ठक्करबाट बुढीगांगा ५ का २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको छ। प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले बूढीगंगा ४ स्थित प्रिमियर वायर उद्योग अगाडी श्रेष्ठलाई ठक्कर दिएको थियो। श्रेष्ठ उद्योगका सुरक्षा गार्ड हुन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको विराट नर्सिङ होममा आज बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकसहित मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ। यस्तै काठमाडौंको रविभवनमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन्। उनको शहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

गएराति बा ४ ख ४१४१ नम्बरको बसले बाग्मती प्रदेश ०२–०३० प ६५६२ नम्बरको मोटरसाइकल ठोकिएर अनियन्त्रित भइ बा ५ ख ४२७२ नम्बरको अर्को बसमा पुनः ठोकिएको थियो। दुर्घटनामा संलग्न दुबै बसका चालकलाई प्रहरी बृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *