क्यानडा भ्रमण र आईसिसी विश्वकप लिग २ का लागि क्यानद्वारा खेलाडी घोषणा
Published:
by .काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्यानडा भ्रमण र आईसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि १४ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ ।
स्कटल्यान्डमा जुलाई ११ बाट सुरू हुने नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज र त्यसअघि क्यान्डासँग हुन लागेको अभ्यास खेलका लागि कप्तान सन्दिप लामिछानेको नेतृत्वमा क्यानले खेलाडीको अन्तिम नामवली सार्वजनिक गरेको हो ।
दुई टी२० आई र दुई एकदिवसिय अभ्यास खेलका लागि नेपाली टोली क्यानडा भ्रमणमा जाने योजना अनुरुप क्यानले तयारी गरिरहे पनि भिसा समस्याका कारण सफल हुन नसकेपछि परिमार्जित भ्रमण तालिकासहित क्यानले आज क्रिकेट टोलीको घोषणा गरेको हो ।
क्यानले सार्वजनिक गरेको परमार्जित भ्रमण तालिका अनुसार नेपालले एक अभ्यास खेल र दुई ओडिआई खेल खेल्ने भएको छ । ओन्टारियोस्थित किङ्ग सिटी मैदानमा हुने तीनै खेल जुलाई १ बाट सुरू हुँदैछ ।
सन्दिप लामिछाने नेतृत्वको टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बासिर अहमद, किशोर महतो, पवन सराफ र विनोद भण्डारी रहेका छन् ।
यस्तो छ नेपाली टोलीको परमार्जित भ्रमण तालिकाः
जुलाई १ – नेपालविरुद्ध ओन्टारियो, अभ्यास खेल
जुलाई ४ – नेपालविरुद्ध क्यानडा, पहिलो ओडिआई खेल
जुलाई ५ – नेपालविरुद्ध क्यानडा, दोस्रो ओडिआई खेल
Comments