Sajhamanch Archive

शेयर बजार आज झन्डै २४ अङ्कले घट्यो, २ अर्ब रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र by .

झापा । हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर १ हजार ९ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।

आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । २ सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *