Sajhamanch Archive

शिवसताक्षी वडा नं. ४ का ३३ परिवारलाई सुरक्षित स्थानमा सारियो

Published: (Updated: ) in विविधा by .

शिवसताक्षी । गएरातिदेखि परेको अविरल वर्षाका कारण शिवसताक्षीका वडा नं. ४ का १ सय १८ घर डुवानमा परेका छन् ।
जस मध्ये ३३ घरलाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा सारिएको छ । जसमा १० घर सन्थाल, र २३ घर राजवंशी, ताजपुरिया लगायत रहेका छन् ।

उनीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ४ ले भुजा, चिउरा र भुजिया खुवाइएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए। उनका अनुसार त्रिभुवन मा.वि.मा सारिएका वडाबासीलाई सामुहिक खाना खुवाउने तयारी भइरहेको छ ।

शिवसताक्षी नगरपालिकालको वडा नं. ४ को अधिकांश स्थानहरु डुबानमा परेको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उनका अनुसार ३१ घरलाई सुरक्षित स्थानमा सारिएको छ भने, अन्य ८५ घरहरु समेत डुवानमा छन् । उनीहरुले आफ्ना लुगा कपडा लगायतका बस्तुहरु खाट माथि राखेर बसेका छन् । उनीहरुका धान, चामल लगायत खाद्यय सामाग्रीहरु डुबेको अध्यक्ष प्रसाईले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी ६ को प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यलय शिवगञ्ज आसपासका बस्तीहरु डुवानमा परेका छन् । स्थानीय सतासी खोलाको बाढी बस्तीमा पसेपछि शिवगञ्ज बजार उत्तर पूर्वका बस्तीहरु डुबानमा परेका हुन् ।

शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा अधिकृत प्रकाश योङ्गयालगायत नगरपालिकाको टिम डुवान भएको क्षेत्रमा खटिएको छन् । डुवानमा परेको बस्तीलाई तत्कालिन राहात उपलब्ध गराउने नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले जानकारी दिए । उनका अनुसार डुवान परेका मानिसहरुलाई त्रिपाल लगायत खाद्य सामाग्री वितरण गरिने गरिने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *