Sajhamanch Archive

बिर्तामोडमा अस्पताल कर्मचारी मृत फेला

Published: in समाज by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका स्थित पूर्णटुंग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।

अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए।

अस्पतालमा ‘ट्रली ब्वाइ’को रुपमा काम गर्दै गौरादह–३ का बाँस्तोला ड्युटी समयमा नउठेपछि गएर हेर्दा उनी मृत फेला परेका हुन् । “शरीरमा कुनै चोटपटक छैन”, प्रहरी नियरीक्षक तिम्सिनाले भने, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *