Sajhamanch Archive

वर्षाका कारण शिवसताक्षी ७ र ८ जोड्ने कजवेमा क्षति, भानु माविका २ सय विद्यार्थी प्रभावित

Published: (Updated: ) in समाज, स्थानीय तह by .

शिवसताक्षी । गएराति देखि परेको अविरल वर्षाका कारण निर्माणाधिन सतासीधाम होकलबारीको लालझोडा सडक खण्डमा पर्ने कजवेमा क्षति पुगेको छ ।

झिलझिले खोलामा आएको बाढीले झापा शिवसताक्षी –७ लालझोडा स्थित कजवेमा क्षति पुर्याएको हो ।

कजवेमा क्षति पुगेपछि सवारी साधानको आवगम बन्द भएको छ । लालझोडा स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुलाई प्रभावित हुने भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरले जानकारी दिए । उनका अनुसार विद्यालय बसमा आउने झिलझिलेदेखि लालझोडा सम्मका विद्यार्थीहरुलाई समस्या भएको हो ।

उक्त कजवेले शिवसताक्षी ७ र ८ मा पनि सवारी साधानको आवगमन बन्द भएको छ । बाढीले कजवेको दुवै तर्फबाट मुखमा कटान गरी क्षति पुर्याएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *